काठमाडौं, २७ असार । लगातारको वर्षासँगै बागमती नदीमा पानीको बहाव बढेपछि कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानपछि सुरक्षाकर्मीले शुक्रबार राति उद्धार अभियान सञ्चालन गर्दै ५४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बलको…