काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले निर्वाचन स्थगित गराउने प्रयास भइरहेको दाबी गर्दै अब निर्धारित समयमै चुनाव हुनुपर्ने बताउनुभएको छ। अध्यक्ष ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेको अवस्थामा चुनाव स्थगित गर्नु उपयुक्त नहुने धारणा राख्नुभयो। उहाँले एमाले कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको स्पष्ट…