काठमाडौं, २८ असार । चर्चित हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उहाँको मस्तिष्कको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको छ भने हाल उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। मस्तिष्कबाट निकालिएको ट्युमरको…