काठमाडौं, २७ असार । बझाङको केदारस्युँ गाउँपालिका–७ सुङ्गरीमा शनिबार यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार दुर्घटनामा घाइते भएका १० जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर परिचालन गरिएको छ।
घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले उद्धार तथा उपचारका लागि सुरक्षाकर्मी र स्थानीयको सहयोगमा प्रयास भइरहेको प्रशासनले जनाएको छ। प्रहरी टोली पनि घटनास्थलतर्फ खटिएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान र घटनाबारे थप विवरण संकलन भइरहेको छ।







प्रतिक्रिया