कर्णाली दुर्घटनामा बेपत्ता सिर्जनाको शव फेला, चालक–सहचालक अझै बेपत्ता

काठमाडौं, २५ असार । दैलेखको कर्णाली राजमार्गमा भएको गाडी दुर्घटनापछि बेपत्ता भएकी कालीकोट रास्कोट नगरपालिका–२ निवासी १८ वर्षीया सिर्जना खड्काको शव कर्णाली नदीमा फेला परेको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार २३ गते सुर्खेतको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीमा फेला परेको शव सिर्जनाकै भएको उनका बुबा धनबहादुर खड्काले सनाखत गर्नुभएको हो। असार…