चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

काठमाडौ, ८ फागुन ।  सरकारले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले छत खोलेर हिँड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवारहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो । बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार…