एमाले सांसद राईको सभामुखलाई चुनौतीस् ‘मैले कुरा बुझिसके, खुट्टी हेरिसके, तपाईले ५ वर्ष संसद चलाउनुहुँदैन’

काठमाडौं, २४ असार । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालले पाँच वर्ष संसद् चलाउन नसक्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको बैठकमा सांसद राईले गरेको व्यवहारले सभामुखले पाँच वर्ष संसद् चलाउन नसक्ने बताउनुभएको हो। उहाँले भन्नुभयो,– ‘तपाईंको व्यवहारले तपाई पाँच वर्ष संसद चलाउनुहुँदैन, मैले बुझिसके, खुट्टी हेरिसके’, ‘के कुरा भन्दैछु सुन्नुपर्छ पर्दैन ? ’

यसअघि सभामुख अर्यालले सांसद राईलाई समय दिनुभएको थियो। सभामुखको समय पाएपछि माइक समातेर सांसद राईले सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुँदैन ? भनेर कुरा शुरु गर्न लाग्दा सभामुखले आचरण विपरित बोलेको भन्दै राईलाई समय नदिने भन्दै अर्का सांसद परशुराम तामाङलाई समय दिनुभएको थियो। सांसद तामाङ पनि बोल्न मान्ननुभएन त्यसपछि एमाले सांसदहरू उठेर विरोध गरेका थिए ।

पुनस् सभामुख अर्यालले सांसद राईले गल्ती स्वीकारेको भन्दै बोल्न समय दिनुभएको थियो । तर एमाले सांसद राई बोल्न थालेपछि सभामुखले फेरि सचेत गराए र बैठक स्थगित गर्नुभएको थियो ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार  १७ : २५  बजे