विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं : अध्यक्ष ओली

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश रहेको स्पष्ट पार्नुभएको छ। राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, स्वाभिमान, शान्ति र सुव्यवस्था सबैभन्दा माथि रहेको बताउनुभयो। “यस घडीमा हाम्रो प्राथमिकता एउटै हो—देश पहिला। देशको भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको…