काठमाडौं २२ असार । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ३ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति २०७४ असार २० गतेदेखि २०७९ असार…