पशुपतिमा आएका नागा बाबासहितका साधुसन्तको आज बिदाइ, ३० लाख खर्च हुने

काठमाडौं, ५ फागुन । महाशिवरात्रिको अवसरमा दर्शनका लागि पशुपतिनाथ मन्दिर परिसरमा आउनुभएका नागा बाबालगायत साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिने भएको छ। फागुन कृष्ण एकादशीदेखि पशुपतिमा बस्नुभएका साधुसन्तलाई फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ। उक्त कार्य गुठी संस्थान र पशुपति क्षेत्र विकास कोष ले संयुक्त रूपमा गर्दै आएका छन्। संस्थानका पूर्वउपप्रशासक दीपकबहादुर पाण्डेले…