त्रिभुवन विमानस्थलका ४ हजार ७२ पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास अझै सक्रिय

काठमाडौं, १८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरेका ४ हजारभन्दा धेरै प्रवेश पास सरुवा, अवकाश र राजीनामापछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा भएको अध्ययनले अहिले कार्यरत नरहेका कर्मचारीका ४ हजार ७२ वटा पास सक्रिय देखिएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी…