भक्तपुरमा कार चढेर चोरी र लुटपाट, ८ जनाको गिरोह पक्राउ

काठमाडौं, २७ कात्तिक । भक्तपुरको विभिन्न स्थानहरूमा संगठित समूह बनाई पाकेटमार, लुटपाट, चोरी गर्ने गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले भक्तपुर नगरपालिका(१ बाट ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलान्चोक भुम्लु गाउँपालिका वडा नं। ३ घर भई हाल भक्तपुर सूर्यविनायक न।पा वडा नं ८ बस्ने २६ वर्षीय साधुराम…