रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा सभापति रवि लामिछानेबाट शपथ ग्रहण गरेका छन्। चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गर्नुभएको छ। सभापति लामिछानेले आजै पहिलो केन्द्रीय समिति बैठक बोलाएर मनोनित हुने ५१ जना…