काठमाडौं, ३ फागुन। केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्रामको संज्ञा दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्षसमेत रहनुभएका उहाँले झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाट कार्यक्रममा यस्तो अभिव्यक्ति दिनुभएको हो। अध्यक्ष ओलीले यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई विकासलाई निरन्तरता दिने र विकासका योजना रोक्ने शक्तिहरूबीचको…