रास्वपाले सच्यायो त्रुटि, पूजा बास्तोलालाई केन्द्रीय समितिमा ल्याउँदा बाहिरिए सोम शर्मा

काठमाडौं, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम तथा अद्यावधिक नामावली सार्वजनिक गरेको छ। यसअघि परिणाम प्रकाशनका क्रममा छुटेका पूजा बास्तोला र ध्रुवकुमार थापा मगरलाई समेट्दै निर्वाचन आयोगले संशोधित सूची जारी गरेको हो। रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार प्रारम्भिक नतिजा प्रकाशनका क्रममा भएको प्राविधिक त्रुटिका कारण केही उम्मेदवारको…