राहदानी विभागका महानिर्देशकसहित सबैलाई रिहा गर्न आदेश

काठमाडौं, १५ असार । विशेष अदालत, काठमाडौंले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित राहदानी छपाइ भ्रष्टाचार प्रकरणका सबै प्रतिवादीलाई रिहा गर्न आदेश दिएको छ। सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले धरौटी तथा साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो। अदालतले महानिर्देशक अर्याललाई पाँच लाख रुपैयाँ, सुनिलकुमार केसीलाई चार लाख रुपैयाँ तथा…