काठमाडौं, १५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले धान उत्पादनमा स्वनिर्भरता हासिल गर्न कृषिक्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा जलवायुमैत्री प्रविधिको प्रयोगलाई तीव्र बनाउन आह्वान गर्नुभएको छ । २३ औँ राष्ट्रिय धान दिवस तथा दहीचिउरा पर्वका अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्न उत्पादन वृद्धि र कृषिक्षेत्रको रूपान्तरण अपरिहार्य…