नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक आज बस्दै

काठमाडौं, १५ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको भर्चुअल बैठक सोमबार बस्ने भएको छ।

सोमबार अपराह्न साढे ४ बजे भर्चुअल रूपमा बैठक बस्ने नेकपाले जनाएको हो। बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन लगायतका एजेण्डामा छलफल हुने भएके छ।

२५ घटकसँग पार्टी एकतापछि नेकपाको पहिलो पटक बैठक बस्न लागेको हो।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार  ०७ : ०२  बजे