उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं, १५असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेस गरेको थियो ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो । उहालाई आदेश बमोजिम न्यायिक हिरासतमा राख्न पठाइएको छ ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार  २० : ३०  बजे