आज ३ संसदीय समितिको बैठक बस्दै, पर्यटन विधेयकदेखि कारागारको मानवअधिकारसम्म छलफल

काठमाडौं, २२ साउन। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन उपसमितिको २०८३ सालको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।…