पदोन्नति भएका १० प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, २१ साउन। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकमा एक जना, प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा चार जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षकमा चार जना तथा प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षकमा एक जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

पदोन्नति हुनेमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दामोदर कँडेल, प्राविधिक प्रहरी उपरीक्षकहरू अमरेन्द्रप्रसाद सिंह, रामबाबु राना, अभयकुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू निशा चौधरी, सञ्जीव दाहाल, रमेशकुमार साह र अञ्जनराज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिनप्रसाद खत्री रहनुभएको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  १८ : २६  बजे