कांग्रेसको १५औँ महाधिवेशन, यी स्थानमा छ सवारीसाधन पार्किङको व्यवस्था

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका प्रतिनिधिका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा खुलामञ्च आउने प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थान तय गरिएको हो। उहाँका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे…