रास्वपाको पार्टी कार्यालयका लागि घरजग्गा खोजी, निकाल्यो प्रस्तावसम्बन्धि सूचना

काठमाडौ, २८ असोज । सत्तारूढ रास्वपाले पार्टी कार्यालयका लागि घर जग्गा खरिदसम्बन्धी प्रस्ताव माग गरेको छ । ‎ पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने असोज १७ को केन्द्रीय समितिको निर्णयबमोजिम घर÷जग्गा खरिद गर्न लागिएको उसले जनाएको छ । ‎…