पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, लफडा गर्नै पर्दैन : ओली

काठमाडौं, २५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भएकाले यस विषयमा विवाद गर्न आवश्यक नरहेको बताउनुभएको छ । उहाँले नयाँ पुस्तालाई तालिम, क्षमता विकास र अनुभवका आधारमा क्रमशः नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…