कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा खुला कोटातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी कोटातर्फ विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ।

खुलातर्फको मतगणनामा भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्नुभयो भने आचार्यले २ हजार ३४२ मत ल्याएर विजयी हुनुभयो।

खुलातर्फ प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्राडा चन्द्रमोहन यादवले ७६० मत प्राप्त गर्नुभयो।

समावेशी कोटातर्फ चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै उपसभापतिमा निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गर्नुभयो।

त्यस्तै, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गर्नुभयो।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  ०६ : ३४  बजे