एमालेका थप १३ केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाडौं, २६ असोज । नेकपा एमालेका नयाँ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिनुभएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

२ दिनअघि स्थायी कमिटी बैठकले श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्‌बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  १६ : १०  बजे