रास्वपा सुदूरपश्चिम अधिवेशन : केपी खनालसहित ४ जना भिड्दै, कसको पल्ला भारी ?

धनगढी, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको प्रदेश अधिवेशन आज सोमबार हुने भएको छ । धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान १० बजेदेखि अधिवेशन हुने रास्वपाले जनाएको छ । अधिवेशनमा सहभागी हुन प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधि धनगढी आइसकेका छन् । अधिवेशनको उद्घाटन सत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ ।…