प्रधानमन्त्रीज्यू, अब त कालो चश्मा खोल्नुहोस् : बासना थापा

काठमाडौं, २६ असार । आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेका गणेश नेपालीको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ । प्रतिनिधि सभाको आजको बैठकमा सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले समय माग गरेर सो विषय उठाउनुभएको हो ।

‘राज्य आतंकका कारण आफ्नै शरिरमा आगो लगाउन बिवश युवाको के अपराध थियो, हिजो संसद भवन अगाडी प्रेम आचार्यले आत्मदाहा गर्दा बोल्ने प्रधानमन्त्री आज किन मौन हो ? आफ्नै पीडा सुनाउन नागरिकले आफ्नै शरिरमा आगो लगाउनु पर्ने हो,’ थापाले भन्नुभयो,‘अब कालो चश्मा खोल्ने बेला भयो प्रधानमन्त्रीज्यू ।’

उहाँले सरकारले यस बिषयमा जवाफ दिनु पर्ने कुरा उठाउनुभएको छ । यस्तै भुमिका लिम्बुले पनि सो बिषयमा प्रश्न राख्नुभएको छ । उहाँको परिवारलाई क्षतिपुर्ति दिन पनि उहाँले माग गर्नुभयो ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार  १५ : ३४  बजे