पार्टी अप्ठ्यारोमा परेको बेला नेतृत्व छाड्दिनँ, उपयुक्त समयमा विश्राम लिन्छु : अध्यक्ष ओली

काठमाडौं, २० जेठ । एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल नछाड्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित सदस्यता नविकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला कार्यक्रममा बोल्दै पुस ३ गते अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि आफूलाई अध्यक्ष छानेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने,…