प्रधानमन्त्री शाह लक्षित नेकपाको अल्टिमेटम : गल्ती नसच्याए आन्दोलनको स्वरूप फेरिने

संसद्‌मा सांसद प्रमेश हमालको कडा चेतावनी : गल्ती सच्याउनुस्, नत्र आन्दोलनको स्वरूप फेरिन्छ

काठमाडौं, २ असार । नेपाली कम्युनिस्ट पार्टीले सदनमा आएर प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याउनुभएको हो ।

अहिले नेकपासहित विपक्षी दलका सांसदहरूले बैठकको सुरुमा उठेर आफ्नो कुरा राखेर बैठक चल्न दिने गरेको छ । तर, प्रधानमन्त्री नआए आन्दोलनको स्वरूप फेर्ने उहाँले चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले भनिरहेका छौँ यो संसद्को रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाइयोस् । यतिका दिन भइसक्यो तर प्रतिफल अपेक्षित आएको छैन । त्यसैले गर्दाखेरि हामीले विरोध जारी राख्नुपरेको छ । हामीले विरोधको यो रूप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो, सभामुखले यथाशीघ्र रुलिङ गर्नुपर्छ ।’

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १४ : १९  बजे