नयाँ पुस्तालाई सुन्न र समेट्न सकेनौँ : एमाले नेता महर

काठमाडौं, ३ जेठ । नेकपा (एमाले)का मुख्य सचेतक ऐनबहादुर महरले नयाँ पुस्ताको आवाज सुन्न र उनीहरूलाई राजनीतिमा समेट्न नसकिएको स्वीकार गर्नुभएको छ। मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय राजनीतिक गतिविधिमा युवा पुस्ताको उपस्थिति घट्दै गएको भन्दै गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले नेकपा एमाले का कार्यक्रमहरूमा ४० वर्षमाथिका सहभागीको संख्या अत्यधिक देखिने गरेको…