अध्यक्ष निमोनियासँग जुधिरहँदा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराधिक मानसिकता : महेश बस्नेत

काठमाडौं, १० जेठ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य संवेदनशील रहेका बेलामा नेतृत्व परिवर्तनको कुरा उठाइएको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको छ । उहाँले यसलाई गैरजिम्मेवार र अपराधिक मानसिकताको संज्ञासमेत दिनुभएको छ । बस्नेतले नेकपा एमालेको सचिवालय बैठकमा आफ्नो तर्फबाट २४ बुँदा अघि सार्नुभएको थियो । तीमध्ये दुई बुँदालाई लिएर…