काठमाडौं, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाललाई दिल्ली जानको लागि विमानस्थल पुगेका सञ्चारकर्मीहरुले प्रश्न गरेका छन् । आज सञ्चारकर्मीहरुले उहाँलाई प्रश्न गरेका थिए,‘सीमा विवादको विषयमा कुरा हुन्छ ?’ उनिहरुको जवाफमा मन्त्री खनालले उठेका सबै विषयमा छलफल हुने बताउनुभयो ।
नयाँ सरकार बनिसकेपछिका प्राथमिकताका विषयहरूमा भारतसँग संवाद गर्ने उहाँले बताउनुभयो । भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा खनाल दिल्ली उड्नुभएको मन्त्री खनालले सबै विषयमा छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘लामो समयपछि उच्चस्तरीय औपचारिक दुई पक्षीय भ्रमण हुँदैछ । मूल रूपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद गर्छौँ ।’
सञ्चारकर्मीहरूले सीमा विवादको विषयमा राखेको चासोबारे उहाँले भन्नुभयो, ‘त्यसबारे स्पेशिफिक म अहिले बोलिनँ । तर पक्कै पनि हाम्रा प्राथमिकताका अब सबै विषयहरूमा हामी संवाद गर्छौँ । अहिले उठेका सबै खाले विषयहरूमा हामी संवाद गर्छौँ ।’ रास्वपा सभापति रवि लामिछाने ५ दिने भ्रमणमा रहेका बेलामा मन्त्री खनाल पनि त्यतै लाग्नुभएको हो ।








प्रतिक्रिया