काठमाडौं, २ असार । प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूको उपस्थिति सुनिश्चित भएपछि अवरुद्ध भएको बैठक पुनः सञ्चालन भएको छ । बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले आपत्ति जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । बैठक पुनः सुरु हुँदा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक…