सुर्खेत, ३१ असार । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीहरुले सामुहिक राजीनामा दिनुभएको छ । आज बिहान बसेको मन्त्रि परिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीहरुले सामुहिक राजीनामा दिनुभएको हो ।
प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा उर्जा मन्त्री बिजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सयुक्त रुपमा राजीनामा बुझाउनुभएको हो ।
प्रदेश सरकारमा सहभागी रहेर राम्रो काम गर्न नसकेको भन्दै कांग्रेस संसदीय दलको बैठकमा बेला बेला प्रश्न उठिरहेको बेला यो राजिनामा आएको हो ।







प्रतिक्रिया