काठमाडौं, २६ असार । पेट्रोल जीउँमा छर्केर आत्मदाह गरेको बिषय संसदमा गम्भिर रूपले उठाउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांस सांसदले सरकारको लापरबाहीका कारण नेपालीको मृत्यु भएको उहाँहरूको आरोप छ ।
मुगुको सांसद खडगबहादुर शाही उपचारको नाममा सरकारले ‘स्टन्ट’ गरेका पनि आरोप लगाउनुभएको छ ।
‘हिजो म वीर अस्पताल पुग्दा डाक्टरले ९५ प्रतिशत बाँच्न सक्ने अवस्था छैन भनेका थिए तर उनको हिजो राती नै मृत्यु भएको रहेछ तर जिउँदै छ भनेर सरकारले उपचारको नाटक गरिरह्यो, उनको मृत्युको घोषणा नगरी उपचार गरिरहेको नाटक गरियो,’ उहाँले भन्नुभयो,‘आज बिहान म र भिष्मराज आङदाङवे अस्पताल पुग्दा गणेश नेपालीको शव लडिरहेको थियो, हामीले भन्यौं किन मृत्यु घोषणा नगरेको ? जवाफ दिइएन, शव राखेर मृत्युको घोषणा नगरेर सरकारले नाटक गरिरह्यो ।’
सरकारले उपचारको नाटक गरे पनि उपचारका लागि पहल नगरेको उहाँको गम्भिर आरोपसमेत लगाउनुभयो ।







प्रतिक्रिया