काठमाडौं, २७ असोज । नेकपा एमालेको सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आउँदो मङ्सिरमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुमा बसेको बैठकले आउँदो मङ्सिर अन्तिम हप्ता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । महाधिवेशनको मिति र ठाउँ यही असोज २९, ३० र ३१ गते बस्ने…