मधेशका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चको परमादेश संविधान विपरीत – अध्यक्ष ओली

काठमाडौं, १६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा सर्वोच्च अदालतले दिएको आदेश संविधान विपरीत रहेको बताउनुभएको छ । संविधानले प्रदेश सरकार गठन भइसकेपछि एक महिनाभित्र विश्वासको मत लिने व्यवस्था गरेको भन्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन दिएको आदेश संविधान विपरीत रहेको बताउनुभयो ।…