काठमाडौं, १५ चैत । जिल्ला अदालत काठमाडौंले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को उपचारमा प्रभावकारी व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ को इजलासले पाँच दिनको म्याद थपको अनुमति दिँदै यस्तो आदेश जारी गरेको हो। आदेशमा ओली अस्वस्थ भई अस्पतालमा उपचाररत रहेको देखिएकाले उहाँको आवश्यक उपचारको प्रभावकारी व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
पक्राउ परेसँगै ओली अस्पताल भर्ना हुनुभएको थियो र स्वास्थ्य अवस्थाका कारण अदालतमा भर्चुअल माध्यमबाट उपस्थित गराइएको थियो। उहाँलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।







प्रतिक्रिया