प्रधानमन्त्रीबाट एमएफएनका विजेता रविन्द्र ढाँटलाई वधाई, सरकारले दिने भयो प्रोत्साहनस्वरुप ५ लाख

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र उनका प्रशिक्षलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिनुभएको हो…