काठमाडौं, १५ चैत । भदौ २३ र २४ गतेका घटनामा छानबिनका लागि पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस का नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक लाई आज अदालतमा पेश गरिने भएको छ।
प्रहरीले शनिबार बिहान निवासबाटै पक्राउ गरेका दुवै नेतालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप आवश्यक पर्ने भएकाले आज अदालतमा उपस्थित गराउन लागिएको हो। सो प्रक्रिया अनुसार उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौं मा पेश गरिने जनाइएको छ।
प्राप्त जानकारीअनुसार पक्राउपछि स्वास्थ्य परीक्षणका क्रममा केपी शर्मा ओली अस्पतालमा भर्ना हुनुभएको छ भने रमेश लेखक लाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।
यसैबीच, अध्यक्ष ओलीको पक्राउको विरोधमा नेकपा एमाले ले देशभर आन्दोलन सुरु गरेको छ। पार्टीले आइतबार पनि विभिन्न स्थानमा प्रदर्शन र विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रहरी स्रोतका अनुसार अदालतबाट म्याद थप स्वीकृत भएपश्चात दुवै नेतामाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।







प्रतिक्रिया