काठमाडौं, १५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठ को एकल इजलासले प्रहरीलाई दुवै नेतालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो।
जेन–जी आन्दोलनका क्रममा हेलचेक्र्याइँ गरेको आरोपमा कार्की आयोगको सिफारिसका आधारमा दुवै नेतालाई शनिबार बिहान ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको थियो।
लेखकलाई सरकारी वकिलको कार्यालय हुँदै अदालतमा प्रत्यक्ष उपस्थित गराइएको थियो भने अस्वस्थताका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहनुभएका ओलीलाई भिडियो कन्फ्रेन्समार्फत इजलासमा उपस्थित गराइएको जनाइएको छ।







प्रतिक्रिया