काठमाडौं, ९ जेठ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारीसाधनमा अबदेखि यात्रुको लगेज (झोला) सुरक्षित राख्न ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान हराउने, साटिने तथा चोरी हुने समस्या न्यूनीकरण गर्दै सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन उक्त प्रणाली लागू गर्न लागिएको हो। यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात…