नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य, कोषाध्यक्षमा प्रधान निर्वाचित

काठमाडौं, ८ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ । आज भएको मतदानमा उहाँहरूले जित निकाल्नुभएको हो ।

वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत ल्याएर जित्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत मात्रै प्राप्त गर्नुभयो ।

त्यस्तै कोषाध्यक्षमा निर्वाचित मनिषलाल प्रधानले अम्बिका पौडेललाई हराउनुभउको छ । प्रधानले ६१ मत ल्याउँदा पौडेलले २५ मत मात्रै प्राप्त गर्नुभएको हो । वैद्य र प्रधान, अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  १६ : ३०  बजे