बाढीले सडक बगाउँदा हुलाकी राजमार्गको आवागमन ठप्प

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–३ पर्साटोलाको पश्चिमतर्फ लखन्देही खोलाको बाढी बगाउँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । शनिबार राति आएको बाढीले करिब १५० मिटर सडक बगाएपछि पूर्व–पश्चिम हुलाकी राजमार्गको आवागमन ठप्प बनेको हो । सडक अवरुद्ध भएपछि  बिहानदेखि स्थानीय युवाहरूले बाँस र पटाको अस्थायी पुल बनाएर मोटरसाइकल, साइकल र पैदल यात्रु वारपार गराउने व्यवस्था मिलाएका…