गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति, आन्दोलनको चेतावनी

काठमाडौं, ११ जेठ । नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनुभएको छ। काठमाडौँमा आयोजित ‘मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गोलाप्रथाबाट पेशी तोक्ने प्रणाली हटाएर प्रधानन्यायाधीशले नै पेशी तोक्ने व्यवस्था लागू गरिए न्यायपालिकामा राजनीतिक प्रभाव बढ्ने खतरा रहने चेतावनी दिनुभयो।…