काठमाडौं, ११ जेठ । सरकारले आउँदो आर्थिक वर्ष २०८३र८४ का लागि बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको ३ हजार ६६० रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ८६० रुपैयाँ प्रतिक्विन्टल तोकेको सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र पनि स्वीकृत गरिएको मन्त्री पोखरेलले बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया