संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैनः अध्यक्ष ओली

काठमाडौँ, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ…