काठमाडौं, १५ जेठ । हिजो बेलुकीदेखि देशका धेरै ठाउँमा पानी परेको छ । केही ठाउँमा हावाहुरीसमेत चलेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा १४२ मिलिमिटर पानी परेको छ ।
रुपन्देहीको लुम्बिनी र बुटवल, धादिङ र गोरखाको सिमानामा पर्ने आरुघाट, पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा गए राति ठूलो पानी परेको छ । ठूलो पानी परेपछि धेरैजसो सडक जलमग्न भएका छन् । ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार राति तीन घण्टामै ५७ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरैजसो ठाउँमा पानी परेको छ । पानी परेपछि लुम्बिनी र सुदूरपश्चिमसहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन् । आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ ।
आज मधेश, कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।








प्रतिक्रिया