एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी

बैङ्कक, १६ मङ्सिर । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बारे रहेको व्यापक उत्साहका बिच यसको प्रभावले विश्वका धनी र गरिबबिचको दुरूह अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को नयाँ प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनअनुसार एआई प्रविधिको उपयोगले आधारभूत आवश्यकता र उन्नत ज्ञानको पहुँचमा रहेको गहिरो खाडललाई घटाउने ठोस कदम नचालेसम्म यस प्रविधिको…