काठमाडौं, ३ जेठ । सरकारले वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर आतङ्क मच्चाएको भन्दै अव्यवस्थित बसोवासी तथा भूमिहीनले रुपन्देहीको बुटवलमा प्रदर्शन गरेका छन् । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था विना डोजर चलाएको उनीहरूको भनाइ छ ।
नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी सङ्घर्ष समितिले आज आयोजना गरेको प्रदर्शनमा भूमिहीन र अव्यवस्थित बसोवासीको उल्लेख्य बस्ती रहेका २० वटाभन्दा धेरै जिल्लाबाट सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । आजको प्रदर्शनमा प्रशासनले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियो ।
सङ्घर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेकपा माओवादीसहित रुपन्देहीका १२ वटा राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् ।








प्रतिक्रिया