जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण शुरू

काठमाडौं, १५असार । सरकारले नागरिकको जलविद्युत् कार्यक्रममार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको छ । मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै काम अगाडि बढेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो । १०६ मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै…