ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल, तृतीय उपाध्यक्षमा रमेश थापा निर्वाचित

काठमाडौं, २८ असार । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल तथा तृतीय उपाध्यक्षमा रमेश थापा निर्वाचित हुनुभएको छ। परिषद्को ३०औँ र ३१औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार डंगोलले ७२८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी प्रश्रय राजभण्डारीलाई पराजित गर्नुभएको हो। तृतीय उपाध्यक्ष पदमा रमेश थापा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी…